सेयर बजारमा दोहोरो अंकको गिरावट, करिब ३ अर्बको कारोबार



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार मापन गर्ने नेप्से परिसूचक १६.८२ अंकले घटेर २००६ को विन्दुमा कायम भएको छ ।

यो दिन ३१४ कम्पनीको ७२ लाख २३ हजार ७७३ कित्ता सेयर २ अर्ब ७९ करोड ७५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा सबै समूहको उपसूचक राताम्मे भएका छन् । बैंकिङ, विकास बैंक, जलविद्युत, जीवन बिमा, निर्जीबन बिमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स लगायत सबै समूहको उपसूचक राताम्मे भएका छन् ।

कारोबारमा मिन्चियाम हाईड्रोपावर, मिड सोलु, सृजनशिल लघुवित्त वित्तीय संस्था लगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

कारोबार रकमका आधारमा ङादी ग्रुप पावर कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको १७ करोड ७३ लाख ६८ हजार रुपैयाँको सेयर किनेबच भएको छ । दोस्रो र तेस्रो स्थानमा सीवाईसी नेपाल लघुवित्त र सानिमा माई हाईड्रोपावर रहेको छ ।


क्लिकमान्डु