नयाँ वर्षको पहिलो दिन सेयर बजारमा सामान्य गिरावट



काठमाडौं । यो वर्षका लागि सेयर कारोबारको पहिलो दिन बजारमा सामान्य गिरावट देखिएको छ ।

बजार मापन गर्ने सूचक २.३५ अंकले घटेर परिसूचक २०२३.३५ बिन्दु कायम भएको छ । यो दिन ३२० कम्पनीको ७७ लाख ९५ हजार २३ कित्ता सेयर ३ अर्ब ६ करोड ३७ लाख ७२ हजार ६५२ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा १२७ कम्पनीको सेयर मूल्य बढेको छ भने १०८ कम्पनीको मूल्य घटेको छ ।

कारोबारमा बैंकिङ, विकास बैंक, होटल, जीवन बिमा, उत्पादन तथा प्रशोधन, निर्जीबन बिमा समूहको उपसूचकमा गिरावट आएको छ । कारोबारमा सृजनशिल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यस्तै गुँरास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा सानिमा माई हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ । दोस्रो र तेस्रोमा पोखरा फाइनान्स र ङादी पावर कम्पनी रहेको छ ।


क्लिकमान्डु