वर्षको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घट्यो



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । २०८० सालको अन्तिम कारोबार दिन बजारमा दोहोरो अंकको गिरावट आएर कारोबार बन्द भएको छ ।

बजार १०.७१ अंकले घटेर परिसूचक २०२५.३० बिन्दु कायम भएको छ । बिहीबार इस्लाम धर्मावलम्बीहरूको पर्व इद(उल फित्र (इद) को अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यो सँगै बजार अब २०८१ साल वैशाख २ गते मात्रै खुल्ने छ ।

आज बजारमा ३०८ कम्पनीको ८६ लाख ९६ हजार ९१८ कित्ता सेयर ३ अर्ब ४८ करोड ५६ लाख ६० हजार ६४० रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । बजारमा बैंकिङ समूहको ०.४२, विकास बैंक ५०.१४, वित्त ५१.८३, होटल ८७.१७, जलविद्युत १.०३, जीवन बिमा १३०.१८, माइक्रोफाइनान्स ४६.७१, निर्जीबन बिमा १११.५० अंकले घटेको छ । कारोबारमा मान्डु हाईड्रोपावर, खानीखोला हाईड्रोपावर, गुँरास लघुवित्त, पिपुल्स पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कारोबारमा सिंगटी हाईड्रो, वन नेपाल लघुवित्त, मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु