सहकारीबाट लिएको ऋण नतिर्दा २१ दिने सूचना खेपेका एसका उपाध्यक्ष पाण्डेले संसदमा भने- सहकारीमा ठगी मौलायो



काठमाडौं । लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाबाट लिएको ऋण नतिरेपछि ऋण तिर्न २१ दिने सूचना खेपेका एकीकृत समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले सहकारीका माध्यमबाट ब्यापक ठगी भएको बताएका छन् ।

सांसद समेत रहेका पाण्डेले प्रतिनिध सभा बैठकमा यस्तो बताएका हुन् । सहकारी ठगीलाई कसरी नियन्त्रण गर्ने र ठगीएका जनतालाई कसरी न्याय दिने भन्ने बारेमा सरकारले विशेष ध्यान पुर्याउनु पर्ने बताए ।

केही दिनदेखि प्रमुख प्रतिपक्षी दलले सहकारी ठगीको बिषयमा छानविनको माग गरेर बैठक अवरोध गरेको भन्दै यसलाई ध्यान दिएर सार्थक बार्ता गरी संसदको गतिरोध अन्त्य गर्न माग गरे । उनले सहकारीको ठगीका बिषयमा छानविन गर्ने बिषय जोडदार उठेको स्मरण समेत गराए ।

नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाले लिएको ऋण नतिरेपछि श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले सहकारीबाट लिएको कर्जा २१ दिनभित्र नतिरेको खण्डका पाण्डको समेत सम्पत्ति लिलामी हुने भन्दै फागुन १७ गते सूचना निकालेको थिए । पाण्डे अध्यक्ष हुँदा सहकारीबाट ऋण लिएका थिए ।

स्वयम्भुमा रहेको नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाले सहकारी संस्थाबाट संस्थागत प्रयोजनको लागि लिएको कर्जाको सम्झौताअनुसार बुझाउनु पर्ने साँवा, ब्याज र अन्य दस्तुर नतिरेको भन्दै तत्काल तिर्न २१ दिने सार्वजनिक सूचना निकालेको थियो।

संस्थाको सम्पूर्ण लेना रकम चुक्ता गर्न पटक पटक मौखिक तथा लिखितरुपमा तर ताकेता गर्दा समेत संस्थाको कर्जा चुक्ता गर्नेतर्फ कुनै चासो नदेखाई बेवास्ता गरेको सहकारीको गुनासो छ ।

सहकारीले पाण्डेको नाममा फागुन १७ गते सूचना निकालेको थियो । सहकारी विभागको सिफारिसमा फागुन २९ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ ।


क्लिकमान्डु