रवि लामिछानेको पनि फाइल खोलौं: रास्वपा सांसद झा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले २०४७ साल पछिका सबै फाइल र खोल्न माग गरेका छन् । सांसद झाले फाइल खोल्दा आफ्नो पार्टीका सभापति रवि लामिछानेको समेत फाइल खोल्न आग्रह गरे ।

नेपाली कांग्रेसका सहमहामन्त्री र उपसभापतिले जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको स्मरण गराउँँदै २०४७ साल पछिका सबै फाइल खोल्ने विषयमा रास्वपा र कांग्रेस एकै ठाँउमा आइपुगेको बताए ।

बुधबार प्रतिनिधि सभाको बैठकमा उनले आफ्नो, आफ्नो पार्टीका सभापति रवि लामिछाने र तथा २०४७ सालपछिका सबै दलका नेताको फाइल खोल्न अपिल गरे । २०४७ सालपछि भएको सबै भ्रष्टाचारको फाइल खोल्न रास्वपाले धेरै समयदेखि माग गर्दै आएको बताए ।

‘हिजो जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको रहेछ । नेपाली कांग्रेसको २ जना सहमहामन्त्री र उपसभापतिले प्रस्ताव दर्ता गर्नु भएको रहेछ,’ उनले भने, ‘हामीले यहाँ २०४७ सालपछिका सबै भ्रष्टाचारका फाइल छानबिन गरौं भनेर भनेका छौं । एक जना महामन्त्रीले ३ बजेर ८ मिनेर र अर्कोले ८ बजेर ६ मिनेटमा सामाजिक सञ्जालमा बोल्नुभयो । र हाम्रो प्रस्तावको स्वागत गर्नुभयो । ल आउनुहोस् । हामी एक ठाँउमा आइपुगेका छौं । २०४७ सालपछिको सबै फाइल खोलौं । मेरो पनि फाइल खोल्नुहोस् । सबैको फाइल खोल्नुहोस । मेरो सभापतिको पनि खोल्नुहोस् ।’

यसलाई टर्निङ प्वाइन्टको रुपमा लिन र राजनीतिक कुण्ठाको रुपमा नलिन समेत आग्रह गरे ।


क्लिकमान्डु