कांग्रेसले रवि लामिछानेलाई संसदमा बोल्नबाट रोक्न मिल्दैन: एमाले



काठमाडौं । सत्तारुढ नेकपा (एमाले) ले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न कांग्रेसले अवरोध गर्न नमिल्ने बताएको छ ।

एमालेमा प्रमुख सचेतक महेश बर्तौलाले उपप्रधानमन्त्री लामिछानेमाथि लागेको आरोपको स्पष्टीकरण संसदबाट दिनका लागि कांग्रेस सहमत हुनुपर्ने बताए ।

कांग्रेसले मंगलबार उनीमाथि लागेको आरोप छानबिनका लागि संसदीय समिति गठन गर्न माग गर्दै प्रतिनिधि सभा बैठक अवरुद्ध पारेको थियो । एमाले सचेतक बर्तौलाले सञ्चारकर्मीमाझ त्यस्ता आरोपको जवाफ संसदबाटै उपप्रधानमन्त्री लामिछानेले दिन पाउनु पर्ने बताए ।
अरुको कुरा नसुन्ने भन्ने कुरा लोकतान्त्रिक दल भनिएको कांग्रेसलाई नसुहाउने उनको जिकिर थियो ।


क्लिकमान्डु