सेयर बजारमा सामान्य सुधार, ४ अर्ब बढीको कारोबार



काठमाडौं । सेयर बजारमा सुधार देखिएको छ । बजारसँगै कारोबार रकम पनि बढेको छ । बजार मापन गर्ने सूचक ९.१९ अंकले बढेर परिसूचक २०३६.०१ बिन्दु कायम भएको छ ।

बजारसँगै कारोबार रकम पनि बढेको छ । यो दिन ३१५ कम्पनीको ९७ लाख ८९ हजार ४१६ कित्ता सेयर ४ अर्ब १४ करोड ३७ लाख ८३ हजार ९८९ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा अधिकांश समूहको उपसूचकमा हरियाली छाएको छ ।

बैंकिङ समूहको ३.४८, विकास बैंक २७.०४, वित्त ५६.२२, हाईड्रोपावर १८.८७, जीवन बिमा ५०.८३, निर्जीबन बिमा १०५.३२, अन्य ४०.५१ र ट्रेडिङ समूहको उपसूचक ११.०५ अंकले बढेको छ ।

कारोबारमा जानकी फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै नेपाल फाइनान्स, पिपुल्स पावर कम्पनी, इमर्जिङ नेपालका लगानीकर्ताले कमाएका छन् । कारोबारमा वन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु