गगन थापा र कृष्ण सिटौला संसदीय दलको बैठक बसिरहँदा किन गए बालुवाटार ?



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ताका लागि नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र राष्ट्रिय सभा सदस्यसमेत रहेका नेता कृष्णप्रसाद सिटौला बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्रीले कांग्रेस सभापति शेरबहादुर देउवालाई छलफलका लागि बोलाएको भए पनि देउवाले भने सिटौला र थापालाई बालुवाटार पठाएका थिए ।

सभापति देउवाले नयाँ बानेश्वरमा संसदीय दलको बैठक चलिरहेको बेला प्रचण्डले बोलाएको जानकारी गराएका थिए । त्यसलगत्तै बैठक चलिरहेकै बेला थापा र सिटौला बालुवाटार गएका थिए ।

प्रतिनिधि सभामा लगातार सहकारी प्रकरणको छानबिनका लागि समिति गठनको माग गर्दै आएको नेपाली कांग्रेसले आज बैठक चल्न नदिने बताइरहँदा प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलसँग छलफल गरेका हुन् ।


क्लिकमान्डु