धितोपत्र बोर्डको अध्यक्षमा आवेदन दिएकामध्येबाट ५ जनाको सर्ट लिस्ट तयार



काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा आवेदन दिएकामध्येबाट ५ जनाको सर्ट लिस्ट तयार भएको छ ।

धितोपत्र बोर्ड स्रोतका अनुुसार आवदेन दिएका १९ जनामध्येबाट कृष्णबहादुर कार्की चिरन्जीवी चापागाई, डा.नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठको नाम सर्ट लिस्टमा तयार भएको छ ।

अब यीमध्येबाट ३ जनाको नाम बोर्डको अध्यक्षमा नियुक्तिका लागि सिफारिस हुने छ । सरकारले त्यसमध्ये १ जनालाई नियुक्त गर्ने छ ।

बोर्डका अध्यक्ष रमेश हमालको पदावधि सकिएपछि खाली रहेको बोर्डको नेतृत्वका लागि उक्त आवदेनकको सूची तयार भएको हो ।


क्लिकमान्डु