सेयर बजारमा हरियाली, ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । केही समय यता बजारमा सूचकसँगै कारोबार रकम पनि घट्दै गएको थियो ।

आज भने बजारमा सूचकसँगै कारोबार रकम पनि बढेको छ । कारोबारको सुरुमा बजारमा केही गिरावट देखिएको भएपनि कारोबार खुलेको साढे २ घन्टा पछि भने बजारमा केही सुधार देखियो । जुन अन्तिम समयसम्म पनि कायमै रह्यो । बजारमा २२.७५ अंकको सुरधार आउँदा परिसूचक २०२६.८१ बिन्दु कायम भएको छ ।

३११ कम्पनीको १ करोड १२ लाख १० हजार १०२ कित्ता सेयर ४ अर्ब २५ करोड ६६ लाख ७६ हजार ३३३ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा होटल तथा पर्यटन र टे«डिङ समूह बाहेक सबै समूहको उपसूचकमा हरियाली छाएको छ ।

१९० कम्पनीको सेयर मूल्य बढेको छ भने ४८ कम्पनीको घटेको छ । कारोबारमा ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनीको प्रमोटर सेयर अग्रस्थानमा रहेको छ । कम्पनीको ९५ करोड २० लाख रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा गोर्खाज फाइनान्स र सूर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ ।


क्लिकमान्डु