गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारीको दाबी, दीपक मनाङेको पनि समर्थन



काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका प्रदेश सभा सदस्य खगराज अधिकारीले दाबी पेस गरेका छन् । अधिकारीलाई माओवादी केन्द्रले समर्थन गरेको छ ।

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै त्यसको प्रभाव गण्डकीमा पनि परेको छ । जसका कारण माओवादीले साथ छाडेपछि सुरेन्द्रराज पाण्डेले बहुमत गुमाएसँगै मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।

अधिकारीलाई राजीव गुरुङ (दीपक मनाङे) सहित एमाले र माओवादीले समर्थन गरेका छन् ।

६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ सांसद आवश्यक हुन्छ । गठबन्धनमा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ सांसद छन् । दीपक मनाङेले पनि अधिकारीलाई साथ दिएका छन् ।


क्लिकमान्डु