सेयरधनीको हात खाली बनाएको थ्रीस्टार हाइड्रोपावरको बुक क्लोज कहिले ?



काठमाडौं । सेयरधनीको हात खाली बनाएको थ्रीस्टार हाइड्रोपावर कम्पनीले वैशाख २३ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ ।

कम्पनीले यो पटक सेयधरनीको हात खाली बनाएको छ । लाभांश नदिएको कम्पनीले सभामा हकप्रद सेयर निष्कासनको प्रस्ताव पेश गर्नेछ ।

सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालक निर्वाचन गर्ने जनाएको छ ।

सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ भने आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा प्रस्ताव रहेको छ ।

सभा प्रयोजनका लागि कम्पनीले वैशाख ७ गते एक दिन बुक क्लोज हुने भएको छ । मंसिर ६ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउने छन् । सभा जर्मन होम्स गठ्ठाघर भक्तपुरमा बिहना ११ बजेदेखि सुरु हुनेछ ।


क्लिकमान्डु