सेयर बजार सामान्य अंकले घट्यो



काठमाडौं । बिहीबार सेयर बजारमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार सेयर बजार २.७३ अंकले घटेर २००४.०५ सूचक कामय भएको छ ।

बिहीबार २.७३ अंकले सेयर बजार घट्दा १०४ वटा कम्पनीको मूल्य बढेको छ । त्यस्तै १३० वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ११ वटा कम्पनीको यथावत मूल्यमा कारोबार भएको नेप्सेले जनाएको छ ।

बिहीबार लघुवित्त क्षेत्रको उपसूचक ९४.९६ विन्दुले बढेर ४०६९.८६ कायम भएको छ । त्यसपछि होटल तथा पर्यटन क्षेत्रको उपसूचक ८६.२२ प्रतिशत विन्दुले बढेर ५२४५.५२ कायम भएको छ । त्यसैगरी सहकारी, निर्जीवन बिमा, व्यापार क्षेत्रबाहेक अन्य क्षेत्रको उपसूचकमा कमी आएको छ ।

बिहीबार नेप्सेमा सूचीकृत भइ कारोबार गरिरहेको कम्पनीमध्ये सबैभन्दा बढी मानुषी लघुवित्तको मूल्य बढेको छ । उक्त लघुवित्तको मूल्य ९९.८० अंकले बढेर १०९७.८० रुपैया कायम भएको छ । त्यसैगरी मनकामना स्मार्ट लघुवित्तको ८६.२० अंकले बढेको छ ।

नेप्सेअनुसार बिहीबार सबैभन्दा बढी मूल्य घट्नेमा पिपल्स पावरको रहेको छ । सो कम्पनीको मूल्य ५५ रुपैयाँले घटेको छ । साथै सर्वोत्तमको मूल्य ५२.४० प्रतिशतले घटेको छ ।


क्लिकमान्डु