सेयर बजारमा सामान्य गिरावट, परिसूचक २ हजार बिन्दु नजिक



काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । बजार मापन गर्ने सूचक ३.४३ अंकले घट्दा परिसूचक २००६.७८ बिन्दु कायम भएको छ । बजार करिब २ हजार बिन्दु नजिक पुगेको छ ।

इन्ट्रा डे कारोबारमा बजार २ हजार बिन्दु पुगेको थियो । अन्तिम ३ मिनेटमा बजार ५ अंकले बढेपछि २ हजार ६ बिन्दु कायम भएको छ ।
३२२ कम्पनीको ६४ लाख ८१ हजार ८३४ कित्ता सेयर २ अर्ब ५३ करोड ६२ लाख ३३ हजार ९८६ रुपैयाँमा किनबेच भएको छ । कारोबारमा १०३ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ कम्पनीको घटेको छ ।

यो दिन बैंकिङ समूहको उपसूचक ३.७०, विकास बैंक २५, वित्त १२.०३, जलविद्युत ९.६१, उत्पादन तथा प्रशोधन १२१.६१, ट्रेडिङ समूहको उपसूचक २०.५२ अंकले घटेको छ । कारोबारमा जीवन बिमा ५१.६० र माइक्रोफाइनान्स समूहको उपसूचक ६४.५५ अंकले बढेको छ ।

कारोबारमा गुँरास लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । वन नेपाल लघुवित्त, मानुषी लघुवित्त, गणपति लघुवित्त, सृजनशिल लघुवित्तका लगानीकर्ताले कमाएका छन् भने रिभरफल्स पावर, मदाङकिनी हाईड्रो, बोटलर्स नेपाल (तराई) कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा पहिलो स्थानमा सूर्यज्योती लाईफ इन्स्योरेन्स रहेको छ । संस्थाको २५ करोड ८० लाख ५९ हजार रुपैयाँको कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः सर्वोत्तम सिमेन्ट र गोर्खाज फाइनान्स रहेको छ ।


क्लिकमान्डु