अहिलेको व्यवस्थामा सामान्य सुधार गरेर मात्र देश अघि बढ्दैन: लिङ्देन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो पार्टी कुनै पनि प्रकारको सत्ता केन्द्रित गतिविधिमा सामेल नहुने बताएका छन् ।

सबै प्रदेशमा नयाँ सत्तासमीकरण बनाउने गृहकार्य भइरहेका बेला उनले मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा कुनै पनि प्रकारको गठबन्धनमा आफ्नो पार्टी सामेल हुने बताए ।

नयाँ सत्ता समीकरण बन्नसाथ आफूहरुले कुनै पनि गठबन्धनमा सामेल नहुने जानकारी गराएको पनि उनले स्मरण गराए ।

अहिले देशको जुन अवस्थामा छ त्यसका लागि अहिलेको राजनीतिक नेतृत्व जिम्मेवार रहेको उनको भनाइ छ ।
‘त्यो नेतृत्व मात्रै होइन, नेतृत्वले ल्याएको व्यवस्था पनि जगमा कारक छ । त्यसकारणले अहिलेको अवस्थामा परिवर्तन गर्नका लागि अहिलेको व्यवस्थानै परिवर्तन गर्न जरुरी छ,’ उनले भने ।

अहिलेको विकृत व्यवस्थालाई परिवर्तन नगरी सामान्य सुधारले मात्रै देश अगाडि बढन नसक्ने उनले बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी चैत्र २७ गते वर्तमान व्यवस्था बिरुद्ध प्रदर्शनको तयारी गरिरहेको उनले बताए ।


क्लिकमान्डु