सेयर बजारमा सामान्य गिरावट, यी हुन कमाउने र गुमाउने कम्पनी



काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । बजार मापन गर्ने सूचक १.८५ अंकले घटेर परिसूचक २०१०.२१ बिन्दु कायम भएको छ ।

कारोबारमा ३१२ कम्पनीको ६१ लाख ३१ हजार ६२१ कित्ता सेयर २ अर्ब २९ करोड १६ लाख ४५ हजार ५८५ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा १०९ कम्पनीको सेयर बढेको छ भने १२७ कम्पनीको घटेको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ समूहको २, विकास बैंक ६.५२, होटल २९.८०, जलविद्युत १९.७९, उत्पादन तथा प्रशोधन २३.६२, निर्जीबन बिमा १८.३०, अन्य समूहको उपसूचक ९.६६ अंकले घटेको छ । कारोबारमा जीवन बिमा १९.७९, माइक्रोफाइनान्स ७२.५७, टे«डिङ समूहको उपसूचक ८.८४ अंकले बढेको छ ।

कारोबारमा गुँरास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गणपति लघुवित्त, उपकार लघुवित्त, विन नेपाल लघुवित्त, स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने मनकामना इन्जिनियरिङ, तारागाउँ रिजेन्सी होटल, माया खोला हाईड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु