सेयर बजारमा सामान्य गिरावट, अन्तिम एक मिनेटमा ३ अंकको सुधार



काठमाडौँ । सेयर बजारमा सामान्य गिरावट आएको छ ।

कारोबार अवधिमा निकै उतार चढाव आएको छ । बजारमा अन्तिम १ मिनेटमा ३ अंकको सुधार आएको छ । बजारमा अन्तिम १ मिनेटमा ३ अंकले सुधार भएको छ । तै पनि बढन भने सकेन । बजार मापन गर्ने परिसूचक ६.२६ अङ्कले घटेर २ हजार १२.०७ बिन्दु कायम भएको छ ।

३१५ कम्पनीका ७२ लाख ९० हजार २ सय कित्ता सेयर २ अर्ब ८७ करोड ४७ लाख ५४ हजार ३०५ रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा होटल र पर्यटन समूहको उपसूचक एक दशमलव १६ प्रतिशत र ट्रेडिङ समूहको उपसूचक शून्य दशमलव २० प्रतिशतले बढेको छ । साथै बाँकी समूहको उपसूचकमा गिरावट देखिएको छ ।

गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेड र माइ खोला हाइड्रोपावर लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने माहुली लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य नौ दशमलव ४४ प्रतिशतले बढेको छ ।

रिभल फल्स पावर लिमिटेडको शेयरमूल्य नौ दशमलव ९८ प्रतिशतले घटेको छ भने हिमालयन हाइड्रोपावर लिमिटेडको छ दशमलव २७ प्रतिशत, अपर लाहोर खोला हाइड्रोपावर कम्पनी लिमिटेडको छ दशमलव १७ प्रतिशत र धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य पाँच दशमलव ७३ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सर्वोत्तम सिमेन्ट लिमिटेड शीर्ष स्थानमा छ । कम्पनीको रु ४७ करोड २९ लाख १७ हजारछ सय ३२ बराबरको शेयर कारोबार भएको छ ।


क्लिकमान्डु