सेयर बजारमा राताम्मे, ३ अर्ब बढीको कारोबार



काठमाडौं । सेयर बजार राताम्मे भएको छ । बजार मापन गर्ने सूचक १७.३० अंकले घटेर परिसूचक २०१८.३३ बिन्दु कायम भएको छ ।

कारोबार सुुरुभएदेखि नै बजार राताम्मे बनेको थियो । जुन अन्तिम समयसम्म कायमै रह्यो । ३१६ कम्पनीको कारोबारमा ७९ लाख ५७ हजार ६५९ कित्ता सेयर ३ अर्ब २० करोड ५३ लाख ३२ हजार ३२४ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा मायाखोला हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वोत्तम सिमेन्ट कम्पनीको मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबारमा निर्जीबन बिमा कम्पनी समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ समूहको उपसूचक ५.७७, विकास बैंक ४३.५६, वित्त १२.०६, होटल ३९.८३, जीवन बिमा १०२.०५, उत्पादन तथा प्रशोधन २६५.९१, माइक्रोफाइनान्स ४६.९२, ट्रेडिङ समूहको ४८.७२ अंकले घटेको छ ।


क्लिकमान्डु