सत्ता गठबन्धनका नेताहरुको बैठक सुरु



फाइल तस्बिर

काठमाडौं । सत्ता गठबन्धनका नेताहरुको बैठक सुरु भएको छ ।

बालुवाटारमा गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा संसदको अवरोध, संसदमा विचाराधीन विधेयक, सरकारका काम लगायत विषयमा छलफल हुने जनाइएको छ ।

बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, गृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछाने र स्वास्थयमन्त्री एवम् जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।


क्लिकमान्डु