सेयर बजारमा दोहोरो अंकको सुधार, १६८ कम्पनीको सेयर मूल्य बढ्यो



काठमाडौँ । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ ।

बजार मापन गर्ने सूचक परिसूचक १०.१४ अङ्कले बढेर परिसूचक २०४१.७० बिन्दुमा कायम भएको छ । कारोबारमा ३१० कम्पनीको ६८ लाख ४२ हजार ३९२ कित्ता सेयर २ अर्ब ३५ करोड ४३ लाख ४८ हजार ५०३ रुपैयाँमा कारोबार भएको छ ।

कारोबारमा वित्त समूह शून्य ०.०६, जीवन बिमा समूह ०.१८ र व्यापार समूह ०.१४ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको उपसूचकमा हरियाली छाएको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह २.११ र जलविद्युत् समूह १.५८ प्रतिशतले बढेको छ ।

कारोबारमा दोल्ती पावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९.३५ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्टको ९ करोड ३१ लाख ३९ हजार ७० रुपैयाँको कारोबार भएको छ । कारोबारमा १६८ कम्पनीको सेयर मूल्य बढेको छ भने ६८ वटाको घटेको छ ।


क्लिकमान्डु