कारोबार खुले लगत्तै सर्वोत्तम सिमेन्टको मूल्यमा सकारात्मक सर्किट



काठमाडौं । कारोबार खुलेको केही समयमा नै सर्वोत्तम सिमेन्टको कारोबारमा सकारात्मक सर्किट लागेको छ ।

कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ८१३ रुपैयाँ ८० पैसा पुगेको छ । पहिलो कारोबार ७५४ रुपैयाँमा खुलेको थियो ।

यो समाचार तयार पार्दासम्म कम्पनीको सेयर बिक्री गर्ने भन्दा किन्ने बढी देखिएका छन् ।

७ लाख २३ हजार २६३ कित्ता सेयर किन्न लगानीकर्ता तयार रहँदा बिक्री गर्ने भने केही पनि छैनन् ।


क्लिकमान्डु