मेरो चरित्रको सर्टिफिकेट स्टन्ट गर्नेहरुलाई बुझाउनु पर्दैन: विनोद चौधरी (भिडियो)



म संसदमै थिएँ । संसदमै हुँदा हुँदै तीन मिनेटभित्र त्यहाँ अनुसन्धानको बारेमा जानकारी गराएको यो गोप्य पत्र जुन रुपले देशभरि देशका सबै सञ्चारमाध्यमहरुमा रंगिए, त्यसबाट यो स्टन्ट के उद्देश्यका लागि गरिएको हो भन्ने प्रष्ट भएको स्थिति छ ।

हाेलाकी यो विषयमा कुरा उठ्नासाथ र मेरो भाइमाथिको अनुसन्धान सुरु हुने बित्तिकै मैले दलको बैठकमा आफ्ना संक्षिप्त सबै कुराहरु राखें । जुन सार्वजनिक रुपमा बाहिर आए । सबैले थाहा पाएकै कुरा हुन् । त्यसपछि ममाथिको अनुसन्धानको कुरा चल्ने बित्तिकै मैले रोस्टममा उठेर सदनमा याे विषय उठाए । सदन मेरो नजरमा सब देशको नीति निर्माण गर्ने, ऐन कानुन बनाउने र सरकारै पनि बनाउने सबभन्दा महत्वपूर्ण फोरममा मैले एउटा निर्वाचित प्रतिनिधिसभाको सदस्यको हैसियतले आफ्ना कुराहरु राखें ।

मलाई यहाँ आउनका लागि मौखिक रुपमा जानकारी गराइयो । र म उहाँहरुको अनुसन्धानलाई, म एउटा जिम्मेवार व्यक्ति, जिम्मेवार राजनीतिकर्मी र उद्योगी र राजनीतिकर्मीको हिसाबबाट म यहाँ सहयोग गर्न उपस्थित भएँ ।

४२ वर्षअगाडि बाँसबारीजस्तो अनकन्टार ठाउँको कौडीको पनि भाउमा नबिक्ने जग्गालाई आधार बनाई त्यो बेलामा पब्लिक प्राइभेट पार्टरसिपको उत्कृष्ट मोडलको रुपमा खडा गरिएको एउटा नविनतम सोचलाई जुन किसिमबाट राजनीतिकरण गरियो, त्यो अत्यन्त दुःख लाग्दो छ ।

४२ वर्षअगाडिको १० रोपनी बाँसबारीको जग्गाको मूल्य कति नै पथ्र्यो होला भन्ने कुरा सबैले बुझेका छन् नेपालभरि । यो देशकै एक मात्र निजी हजारौं रोपनीको निजी औद्योगिक ग्राम स्थापना गर्ने ग्रुपले मुलुकभरि नै विभिन्न विगत १४० वर्षदेखि र अझ व्यवस्थित रुपले ८० वर्षदेखि सम्पूर्ण देशभरि नै र हाम्रा चाहिँ नि विभिन्न परियोजना गर्ने ग्रुपले यो १० रोपनी जग्गाको बारेमा कुनै पनि कुदृष्टि राख्छ भनेर सोच्नु नै बिकृत मानसिकताको उपज बाहेक केही पनि होइन ।

मैले आफ्नो ४५ वर्षको लामो अभियानमा एउटा उद्यमीको हैसियतले एउटा उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघको अध्यक्षको हैसियतले, एउटा विचारकको हैसियतले र एउटा राजनीतिकर्मीको हैसितयले मैले जहिले पनि विकासको राजनीति गरें । मैले कहिल्यै पनि दलगत राजनीतिको पक्षमा अकारण गलत कुरा प्रवृत्तिलाई प्रसय दिईन ।

नेपाल उद्योग परिसंघको पूर्वअध्यक्षको हैसियतले, एउटा बिचारक र एउटा राजनीतिकर्मीको हैसियतले मैले जहिल्यै विचारको राजनीति गरेँ । मैले कहिल्यै दलगत राजनीतिको पक्षमा अकारण कुरालाई प्रश्रय दिइन् । अरुका राजनीतिक जोडघटाउमा आफूलाई सरिक भइन् । आफूलाई प्रोफेसनका हिसावले र विकास प्रेमीको हैसियतले हरेक फोरममा उभ्याए । तर, आज यो इस्युमा भने एउटा उद्यमलाई राजनीतिक गर्ने, लगानीकर्ता र करदातालाई राजनीतिकरण गर्ने काम भयो ।

अहिले आर्थिक दृष्टिकोणबाट अन्यन्तै कठिन परिस्थितिमा नेपाल गुज्रिरहेको छ । यो बेलामा म जत्तिको मान्छेले यो विषयमा बोल्नुपर्दा नेपालभरीका र विश्वभरी रहेका युवा र नेपालका उद्यमी, तथा नेपालीले कुन सन्देश मनमा लिने हुन भन्ने हेक्का राज्यले राख्नुपर्ने हो । मैले ४५ वर्षपछिको यात्रामा मैले मेरो चरित्रको सर्टिफिकेट अब कसैलाई स्टन्ट गर्नेहरुलाई बुझाउनु पर्दैन । राजनीतिको आफ्नो फोरम छ, म पनि नवलपरासीबाट प्रत्यक्ष निर्वाचिन सांसद भएकोले यहिलेलाई यत्ति भन्न चाहन्छु ।

(बाँसबारी जग्गा प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा वयान दिएर बाहिरिँदै गर्दा सांसद विनाेद चौधरीले व्यक्त गरेको धारणा)


क्लिकमान्डु