सेयर बजारमा सामान्य सुधार, चार कम्पनीको मूल्यमा सकारात्मक सर्किट



काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । तर कारोबार रकम भने घट्दै गएको छ ।

बजार मापन गर्ने सूचक ३.२७ अंकले बढेर परिसूचक २०७३.५३ बिन्दु कायम भएको छ । ३०३ कम्पनीको ७४ लाख ५९ हजार ४२४ कित्ता सेयर २ अर्ब ८८ करोड ५६ लाख ३७ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बजारमा कारोबार रकम न्यून बन्दै गएको छ ।

कारोबारमा १४८ कम्पनीको सेयर मूल्य बढेको छ भने ८५ कम्पनीको घटेको छ । कारोबारमा अधिकांश समूहको उपसूचकमा हरियाली देखिएको छ भने केही राताम्मे बनेका छन् ।

विकास बैंक ५२.८०, वित्त २०.७६, होटल ४७.६६, जलविद्युत ४.४१, जीवन बिमा ६.०८, माइक्रोफाइनान्स २४.२५, अन्य ६.५०, ट्रेडिङ समूहको उपसूचक १४.३६ अंकले बढेको छ भने बैंकिङ समूहको ०.३७, उत्पादन तथा प्रशोधन ५७.७१, निर्जीबन बीमा समूहको उपसूचक ११.३५ अंकले घटेको छ ।

कारोबारमा चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लागेका कम्पनीमा गोर्खाज फाइनान्स, सप्तकोशी विकास बैंक, पिपुल्स पावर, धौलागिरी लघुवित्त वित्तीय संस्था रहेका छन् ।


क्लिकमान्डु