गण्डकीमा दीपक मनाङे बने भौतिक पूर्वाधारमन्त्री, आजै सपथ



काठमाडौं । दीपक मनाङे गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गर्ने क्रममा मनाङेलाई उक्त मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

यस्तै कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी दिएका छन् ।

नवनियुक्त मन्त्रीको सपथ आज साढे तीन बजे हुनेछ । यसअघि भौतिक पूर्वाधारमा माओवादीका रेशमबहादुर जुग्जाली र सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडा रहेकी थिइन् ।


क्लिकमान्डु