कोशी प्रदेशमा १०७ जनालाई रोजगारीको अवसर



काठमाडौं । कोशी प्रदेशको प्रदेश निजामती सेवा अन्तर्गत विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिकतर्फ १०७ रोजगारी खुलेको छ ।

प्रदेशको लोकसेवा आयोगले सहायकस्तर पाचौं र चौथो तहका पदहरुको खुल्ला र समावेशी प्रतियोगितात्मक लिखित परिक्षामार्फत पदपूर्ति गर्ने गरि रोजगारी खुलाइएको हो ।

आयोगकाअनुसार प्रदेश इन्जिनियरिंगमा सिभिल, जनरल, हाइवे, प्रदेश कृषितर्फ कृषि प्रसार, मार्केटिंग, प्रदेश प्रशासन, सिक्षा, स्वास्थ्य लगायतका समूह तथा उपसमूहमा रोजगारी खुलाइएको हो ।

आयोगका अनुसार योग्यता पुगेकाहरुले नियमित दस्तुरमा चैत २५ गतेसम्म र दोब्बर दस्तुरमा वैशाख २ गतेसम्ममा आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु