सुन तस्करी प्रकरण: माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ



फाइल तस्बिर

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्षसमेत रहेका पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । उनी पूर्वअर्थमन्त्रीसमेत हुन् ।

सोमबार बिहान महरालाई कपिलबस्तुबाट पक्राउ गरिएको आईजीपी बसन्त कुँवरले जानकारी दिए । उनलाई कपिलबस्तुबाट आज काठमाडौं ल्याउन लागिएको छ ।

इलेक्ट्रोनिक चुरोट (भेप) भित्र सुन लुकाएर तस्करी गरेको आरोप महरामाथि छ । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो ।

समितिले प्रतिवेदनमा उल्लेख गरेकाहरुमाथि कारबाही गर्न गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएका थिए ।

कृष्णबहादुर महराका छोरा राहुल विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।


क्लिकमान्डु