ढुवानी व्यवसायी महासंघको अध्यक्षमा नेपाल



काठमाडौं । देशभरको ढुवानी व्यवसायीहरुको छाता संगठन ढुवानी व्यवसायी महासंघ नेपालको छैठौं महाधिवेशन तथा १५ औं वार्षिक साधारणसभाले व्यवसायी माधवप्रसाद नेपालको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ ।

उपाध्यक्षमा वरिष्ठ उपाध्यक्षमा अच्युतराज खनाल, अरुणकुमार श्रेष्ठ र प्रदीप अर्याल, महासचिबमा पुष्पराज श्रेष्ठ, सचिबमा केदार बानियाँ र धर्मराज पोखरेल, कोषाध्यक्षमा पूर्णप्रसाद रेग्मी र सह कोषाध्यक्षमा टेकराज पोखरेल चयन भएका छन् ।

महाधिवेशले सात प्रदेश संयोजकतर्फ भोला पौडेल, कृष्णप्रसाद ढुंगेल, सृजना तिम्लिसिना, सोमप्रसाद भट्टराई, दधिराम कोइराला, चेतराज जोशी र श्यामराज हमाल चयन भएका छन् ।

यस्तै कार्यसमिति सदस्यहरुमा दिलिप अर्याल, सन्तोषकुमार कार्की, चिरन्जिवी पौडेल, राजेशकुमार मल्लिक, दामोदर खराल, निलकण्ठ थापा, कमलप्रसाद बिडारी, कमलराज ढुंगाना र कृष्णराज पौडेल चयन भएका छन् ।


क्लिकमान्डु