सेयर बजारमा दोहोरो अंकको गिरावट, ८४ कम्पनीको मूल्य बढ्यो



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ ।

बजार मापन गर्ने सूचक १०.६२ अंकले घटेर परिसूचक २०७०.२५ बिन्दु कायम भएको छ ।

कारोबारको सुरुदेखि नै घटेको बजार करिब अन्तिम समयसम्म कायमै रह्यो । कारोबारको अन्तिम २० मिनेटमा बजारमा सुधार हुन खोजेपनि सफल भने हुन सकेन । अन्तिम २० मिनेटमा बजार ६ अंकले सुधार देखिएको छ ।

३०४ कम्पनीको ८४ लाख ६ हजार ७६ कित्ता सेयर ३ अर्ब ३८ करोड ७९ लाख ८० हजार ३८४ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचक घटेको छ । बैंकिङ ६.९९, होटल ८२.९५, जलविद्युत २९.६१, जीवन बिमा २०.७१, माइक्रोफाइनान्स १.५१, निर्जीबन बिमा २४.५०, अन्य १८.६७ र ट्रेडिङ समूहको उपसूचक १२.४७ अंकले घटेको छ ।

कारोबारमा मानुषी लघुवित्त, स्वाभिमान लघुवित्त, ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् भने विन नेपाल लघुवित्त, किसान लघुवित्त, युनियन हाईड्रोपावर, दोल्ती पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा शिवम सिमेन्ट कम्पनी रहेको छ । कम्पनीको ४१ करोड ६४ लाख १७ हजार ६८० रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा सोनापुर मिनरल्स एण्ड आयल र अप्पर तामाकोशी हाईड्रोपावर कम्पनी रहेका छन् । कारोबारमा ८४ कम्पनीको सेयर मूल्य बढेको छ भने १५० कम्पनीको घटेको छ ।


क्लिकमान्डु