रौतहटमा मनि ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार, हतियारसहित तीन भारतीय पक्राउ



काठमाडौं । रौतहटको परोहा नगरपालिका-९ खापचोकस्थितमा रहेको शिव मनि ट्रान्सफरका सञ्चालक नितेश साहमाथी आपराधिक समूहले गोली प्रहार गरेको छ ।

आज दिउँसै तीन जनाको समूहमा आएका भारतीय आपराधिक समूहले उनको कन्चटमा गोली प्रहार गरेका छन् ।

गोली प्रकारबाट घाइते भएका २६ बर्षीय साहलाई उपचारका लागि विरगञ्जमा पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी महेन्द्र कुमार श्रेष्ठले बताए । उनको कन्चटमा गोली लागेको उनको भनाइ छ ।

मोटरसाइकलमा हतियारसहित तीन जना भारतीय लुटेराहरूले साहलाई धम्क्याउँदै करिब ५१ लाख भन्दा बढी लुटपाट गरेको बताइएको छ ।

घटनामा संलग्न तीन जना भारतीय नागरिकलाई हरियारसहित पक्राउ गरिएको श्रेष्ठले क्लिकमान्डूलाई बताए ।


क्लिकमान्डु