सेयर बजार राताम्मे हुँदा २ कम्पनीको मूल्यमा सकारात्मक सर्किट



काठमाडौं । सेयर बजार राताम्मे भएको छ । कारोबारको सुरुदेखि नै बजारमा देखिएको गिरावट अन्तिम समयसम्म पनि कायमै रह्यो । अन्तिम समयमा बजार २७.८४ अंकले घटेर परिसूचक २०८०.८७ बिन्दु कायम भएको छ ।

३०३ कम्पनीको १ करोड १४ लाख ८३ हजार ६१७ कित्ता सेयर ३ अर्ब ९४ करोड ३५ लाख ९२ हजार ३०२ रुपैयाँको सेयर किनबेच भएको छ । कारोरमा ४२ कम्पनीको सेयर मूल्य बढेको छ भने १९८ कम्पनीको घटेको छ ।

कारोबारमा सबै समूहको उपसूचक राताम्मे भएको छ । बैंकिङ समूहको १२.९३, विकास बैंक ५४.६९, वित्त २०.९६, होटल ४७.०१, जलविद्युत १६.१४, जीवन बिमा २८६.९९, उत्पादन तथा प्रशोधन ७५.४५, माइक्रोफाइनान्स ८२.५१, निर्जीबन बिमा १८८.१९, अन्य समूहको उपसूचक १६.४० अंकले घटेको छ ।

कारोबारमा विन नेपाल लघुवित्त वित्तीय संस्था र मानुषि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा अप्पर तामाकोशी हाईड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ५० करोड ८९ लाख ८० हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम सिमेन्ट र सोनापुर मिनरल्स एण्ड आयल कम्पनी रहेको छ ।


क्लिकमान्डु