नवीकरणीय ऊर्जा प्रवर्धनमा सिद्धार्थ बैंक, वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रसँग सम्झौता



काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र बीच नविकरणीय उर्जा प्रवर्द्धन गर्ने उद्देश्यले कर्जा जोखिम न्यूनीकरण सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका तर्फबाट कार्यकारी निर्देशक नवराज ढकालले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार दिगो उर्जा चुनौती कोषसंग समन्वय गरी बैंकको नविकरणीय उर्जा परियोजनाहरुमा प्रवाह भएको कर्जाको २० प्रतिशत रकम वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र मार्फत ग्यारेन्टी हुनेछ ।

यस सम्झौताले बैंकको नविकरणीय उर्जा परियोजनाहरू जस्तै सोलार नेट मिटरिङ, १ मेगावाट सम्मको ग्रिड टाइड सोलार परियोजना, फोहोरबाट ऊर्जा निकाल्ने परियोजना, मिनी र माइक्रो हाइड्रो, घरपरिवारमा विद्युतीय खाना पकाउने, सिँचाइका लागि सौर्य पानी पम्प र विद्युतीय परिचालनमा कर्जा लगानी गर्न थप प्रोत्साहन गरेको छ।

बैंकले देशभर १९६ वटा शाखा (५ एक्स्टेन्सन् काउन्टर सहित), ७३ शाखारहित बैंकिङ्ग सेवा र २२६ एटिएम मार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु