काठमाडौं महानगरले कालिकास्थानमा फुटपाथसँगै पूर्वाधार निर्माण गर्दै



काठमाडौं । काठमाडौं महानगरपालिकाले कालिकास्थान मार्ग क्षेत्रको फुटपाथको निर्माणसँगै विभिन्न ठाउँमा पूर्वाधार निर्माणका लागि ठेक्का आह्वान गरेको छ ।

महानगर कार्यापालिकाले एक सूचना प्रकाशित गर्दै उक्त ठेक्का आह्वान गरेको हो । सूचनाकाअनुसार कालिकास्थान क्षेत्रमा फुटपाथको निर्माणका लागि ८८ लाख ५८ हजार रुपैयाँको अनुमानित लागत राखिएको छ ।

त्यस्तै, महानगरले कालिकास्थान क्षेत्रमै रहेको बिजयास्मारक माविमा पनि पूर्वाधार स्तरोन्नतीकरणको काम गर्ने भएको छ । ठेक्का आह्वान गरिएको उक्त आयोजनाका लागि महानगरले ३५ लाख ३३ हजार रुपैयाँको अनुमानित लागत राखेको छ ।

त्यस्तै, वडा नम्बर २९ को संगम मार्गमा ब्लक राख्ने कामका लागि पनि महानगरपालिकाले ठेक्का आह्वान गरेको छ । उक्त कामका लागि भने अनुमानित लागत २२ लाख १४ हजार रुपैयाँ रहेको महानगरले जनाएको छ ।

त्यस्तै, महानगरको वडा नम्बर ३२ स्थित सहयोगी नगर सिद्धिदेखि पुलसम्मको सडकको पनि स्तरोन्नतीका लागि महानगरले ठेक्का आह्वान गरेको छ ।

उक्त आयोजनाका लागि भने ५८ लाख ९९ हजार रुपैयाँको अनुमानित लागत राखिएको छ । सँगै महानगरले सोही वडाको धर्मस्थल मार्गको सडक, अमरावती कृति मार्ग, सिभ मार्ग, दोभान र श्रृंखला मार्गको पनि स्तरोन्नतीका लागि १ करोड ७४ लाख ९९ हजार रुपैयाँको ठेक्का आह्वान गरेको छ ।


क्लिकमान्डु