पार्टीका सांसदहरुलाई ओलीको निर्देशनः सरकारको आलोचना नगर्नू



काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको आलोचना नगर्न पार्टीका सांसदहरुलाई निर्देशन दिए ।

मंगलबार पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले सरकारको बारेमा कुनै आलोचना गर्नुपर्‍यो भने पार्टीको अनुमति लिएर मात्रै गर्न सकिनेतर्फ पनि सिंगो पार्टी पंक्तिलाई सचेत गराए ।

अध्यक्ष ओलीले तराईमा डोरीलाई कहिलेकहिले सर्प भनेर झुक्किने गरेको दृष्टान्त पेस गर्दै त्यसैगरी सरकारको बारेमा जथाभावी बोल्दाखेरी राम्रो नहुने बताए ।

कुनै पनि मन्त्रालयको काम सन्तोषजनक भएन भने छलफल गरेर त्यसलाई सन्तोषजनक, प्रशंशायोग्य बनाउने कुरामा पार्टीले योगदान दिन सकिने उनले बताए ।

अध्यक्ष ओलीले नयाँ गठबन्धन बनाउने काममा पहलकदमी गरेर प्रधानमन्त्री पुष्पकमल दाहालले राम्रो काम गरेकाले त्यसलाई आफ्नो पार्टीले सकारात्मक रुपमा लिएको बताए ।


क्लिकमान्डु