सेयर बजारमा हरियाली, परिसूचकले २१ सय बिन्दु पारगर्यो



काठमाडौं । सेयर बजारले २१ सय बिन्दु पार गरेको छ । कारोबार सुुरु भएको करिब २ घन्टा बजारमा उतार चढाब निकै नै भयो । त्यसपछि बजार क्रमैसँग बढ्दै गयो । बजारमा हरियाली छाउँदा परिसूचकले २१ सय बिन्दु पार गरेको छ ।

बजार मापन गर्ने सूचक ५८.५८ अंकले बढेर परिसूचक २१११.२४ बिन्दु कायम भएको छ । ३०५ कम्पनीको १ करोड ६ लाख ९ हजार ५९७ कित्ता सेयर ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार ३४७ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा २२० कम्पनीको सेयर मूल्य बढेको छ भने २२ वटाको घटेको छ । कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ । कारोबारमा ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा शिवम सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको ३७ करोड १९ लाख ३३ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः सोनापुर मिनरल्स एण्ड आयल र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ ।


क्लिकमान्डु