सत्ता गठबन्धनमा माधव नेपालको हस्ताक्षरसहित ७ बुँदे नयाँ सहमति



काठमाडौं । यसअघि ४ दलले सहमति गरेको सत्ता गठबन्धनमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको हस्ताक्षर सहित नयाँ सहमति बनेको छ । मंगलबार बसेको सत्ता गठबन्धनको बैठकपछि ७ बुँदे सहमति सार्वजनिक भएको हो ।

पाँच दलबीच भएको सहमतिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी ओली, रास्वपाको सभापति रवि लामिछाने, नेकपा एसका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन्।

यसअघि चार दलबीच भएको सहमति अनुसार राष्ट्रिय सभाको अध्यक्ष माओवादी र उपाध्यक्षलाई लिने सहमति भएको थियो ।

नयाँ सहमतिपत्रमा राष्ट्रिय सभा उपाध्यक्षमा एमालेका उम्मेदवारलाई समर्थन गर्ने वाक्य भने हटाइएको छ ।


क्लिकमान्डु