१९४ कम्पनीको सेयर मूल्य बढ्दा नेप्से २२ अंकले बढ्यो



काठमाडौं । आइतबार सेयर बजार परिसूचक (नेप्से) २२.१० अंकले बढेर २०५२.६५ बिन्दुमा पुगेको छ । आइतबार २२.१० अंकले सेयर बजार बढ्दा १९४ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ४६ वटा कम्पनीको मूल्य घटेको छ । साथै, ४ वटा कम्पनीको स्थिर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

आइतबार २ अर्ब ९२ करोड २७ लाख ७१ हजार रुपैयाँको कारोबार भएको छ । जलविद्युतबाहेक अधिकांश समूहको उपसूचकमा हरियाली छाएको छ ।

बजारमा हरियाली छाउँदा सबैभन्दा बढी जीवन बीमा कम्पनीको उपसूचकमा उच्च वृद्धि भएको छ । जीवन बीमा कम्पनीको उपसूचक १८५.७६ विन्दुले बढेको छ । नेप्सेअनुसार जीवन बीमापछि लघुवित्त १५१.१४, निर्जीवन बीमा १४२.३२, उत्पादन तथा प्रशोधन ६२.६७ र होटल तथा पर्यटन ५८.२३ अंकले बढेको छ ।


क्लिकमान्डु