रवि लामिछानेभन्दा पछिको वरीयतामा उपप्रधानमन्त्री बने उपेन्द्र यादव



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गरेका छन् । जनता समाजवादी पार्टी (जसपा)का दुई जनालाई प्रधानमन्त्रीले मन्त्रिपरषद्मा समेटेका हुन् ।

अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्यमन्त्री र नवलकिशोर साह वन तथा वातावरणमन्त्री बनेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई आइतबार शीतलनिवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ गराए ।

नयाँ मन्त्रीहरु थपिएसँगै प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २२ सदस्यीय भएको छ ।

सरकारमा चार उपप्रधानमन्त्री छन् ।

पूर्वउपप्रधान एवं स्वास्थ्यमन्त्री समेत रहेका यादव अहिले पाँचौँ वरीयताक्रममा पुगेका छन् ।

मन्त्रिपरिषद्‌मा प्रधानमन्त्रीपछि दोस्रो वरीयतामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका नेकपा (एमाले)का सचिव रघुवीर महासेठ छन् ।

तेस्रो वरीयतामा नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष समेत रहेका उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ छन् भने चौथो वरीयतामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने छन् ।

यादव लामिछानेभन्दा तलको वरीयतामा रहेका छन् ।


क्लिकमान्डु