सेयर बजारमा हरियाली, १७६ कम्पनीका लगानीकर्ताले कमाए



काठमाडौं । सेयर कारोबारका लागि अन्तिम दिन बिहीबार बजारमा दोहोरो अंकको सुधार आएको छ ।

नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले सेयर बजारका ६० लाख लगानीकर्ताको हितमा काम गर्ने बताएका छन् । १२ वर्ष पछि पुन फेरि अर्थमन्त्री भएका हुन् । आफु १२ वर्षअघि मन्त्री हुँदा पनि सेयर बजार लगायत क्षेत्रमा समस्या रहेको र अहिले पनि समस्या काममै रहेको बताए ।

बुधबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पुनले अहिले प्यानिक रहेका सेयर लगानीकर्तालाई राहत हुने काम गर्ने बताए । आफुले यो कार्यकालमा बोल्ने भन्दा पनि काम गरेर देखाउने बताए । जसले गर्दा पनि बजारमा सुधार देखिएको बताइन्छ ।
बिहीबार

बजार मापन गर्ने सूचक १३.५१ अंकले बढेर परिसूचक २०३०.५५ बिन्दु कायम भएको छ । ३०९ कपनीको ८९ लाख २९ हजार १५२ कित्ता सेयर ३ अर्ब १९ करोड ९२ लाख ५ हजार ८२० रुपैयाँको सेयर किनबेच भएको छ ।

बजारमा निकै उतार चढाब देखियो । कारोबार अवधिमा बजार २०३९.७८ बिन्दुसम्म पुगेको थियो । कारोबारमा १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ५९ को घटेको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार देखिएको छ । केहीमा भने गिरावट आएको छ । कारोबारमा बैंकिङ समूहको ५.९६, विकास बैंक २९.६३, वित्त ५.०१, जलविद्युत २९.२२, जीवन बिमा ३७.४७, उत्पादन तथा प्रशोधन ११.०८, माइक्रोफाइनान्स २९.०३, निर्जीबन बीमा १६३.१८, अन्य समूहको उपसूचक ११.८२ अंकले बढेको छ । कारोबारमा होटल १२.८९, ट्रेडिङ समूहको ७.२६ अंकले घटेको छ ।

कारोबारमा पिपुल्स पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । चिरख्वा हाईड्रोपावर, मध्ये भोटेकोशी, बुद्धभुमी नेपाल हाईड्रो, हाथवे इन्भेष्टमेन्ट कम्पनीका लगानीकर्ताले कमाएका छन् । कारोबारमा सामलिङ पावर कम्पनी, बोटलर्स नेपाल तराईका लगानीकर्ताहरुले गुमाएका छन् ।


क्लिकमान्डु