सेयर बजारका ६० लाख लगानीकर्ताको हितमा काम गर्छुः अर्थमन्त्री पुन



काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले सेयर बजारका ६० लाख लगानीकर्ताको हितमा काम गर्ने बताएका छन् ।

१२ वर्ष पछि पुन फेरि अर्थमन्त्री भएका हुन् । आफु १२ वर्षअघि मन्त्री हुँदा पनि सेयर बजार लगायत क्षेत्रमा समस्या रहेको र अहिले पनि समस्या काममै रहेको बताए ।

बुधबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पुनले अहिले प्यानिक रहेका सेयर लगानीकर्तालाई राहत हुने काम गर्ने बताए । आफुले यो कार्यकालमा बाेल्ने भन्दा पनि काम गरेर देखाउने बताए ।

उनले ठूला सहकारीमा त्यो बेला पनि समस्या रहेको र अलिहे पनि समस्या कायमै रहेको बताए ।


क्लिकमान्डु