म नमर्दासम्म देशमा उथल पुथल भइरहन्छ: प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नमर्दासम्म देशमा उथलपुथल भइरहने बताएका छन् ।

सोमबार शहीद सप्ताहको कार्यक्रममा प्रधानमन्त्री दाहालले भने, ‘म नमर्दासम्म देशमा उथल पुथल भइरहन्छ ।’
उनले आफूलाई धेरैपटक घेरा हाल्न खोजिए पनि त्यसलाई चिर्दै अघि बढिरहेको बताए ।

क्रान्तिकारी एक ठाउँमा हुने बाटो खोज्नुपर्ने भन्दै उनले वृहत्तर कम्युनिष्ट एकताको पहल भइरहेको बताए ।

उनले गन्तब्यमा पुग्न आवश्यकता अनुसार दाँया र बाँया दुबै खुट्टाले हिँड्न सक्नुपर्ने बताए ।

उनले फेरि आज नयाँ उथलपुथल भएको दिन बनेको बताए । ‘माओवादी जमेको पोखरी होइन, गडगडाएर बग्ने नदी हो,’ प्रधानमन्त्रीले प्रचण्डले भने, ‘निरन्तरतामा रमाएर स्थिरतामा बस्न माओवादी सक्दैन ।’

उनले आफूलाई प्रतिक्रियावादीहरुले उपयोग गरे जतिसुकै बेला लात्ताले हानेर निस्कन सक्ने बताए ।
‘प्रतिक्रियावादीले मलाई उपयोग गर्न खोजे भने जतिसुकै बेला लात्ताले हानेर निस्कन सक्छु,’ उनले भने ।


क्लिकमान्डु