मन्त्रालय बाँडफाँटलगायत टुंग्याउन नयाँ गठबन्धनमा ४ सदस्यीय कार्यदल गठन



काठमाडौं । नयाँ गठबन्धनभित्र दलहरुले पाउने मन्त्राललगायत आन्तरिक व्यवस्थापन मिलाउन ४ सदस्यीय कार्यदल गठन भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस लगायतका दलसँगको सत्ता सहकार्य छाडेर नेकपा एमाले राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी लगायतका दलहरुसँग नयाँ गठबन्धन बनाएका छन् ।

कार्यदलमा एमालेबाट विष्णु पौडेल, माओवादीबाट वर्षमान पुन, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव रहेका छन् ।

माओवादी सचिव दिनानाथ शर्माकाअनुसार गठबन्धनभित्रको आन्तरिक छलफलको लागि कार्यदलले सहजीकरण गर्नेछ । त्यस्तै सीट बाँडफाँट र मन्त्रालयको टुंगो लगाई शीर्ष नेतृत्वलाई कार्यदलले प्रतिवेदन बुझाउने छ ।

प्रधानमन्त्रीले आजै नयाँ गठबन्धनबाट तीन जनालाई सहभागी गराएर मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गरेका छन् ।


क्लिकमान्डु