प्रधानमन्त्री भरतपुर पुगेपछि कांग्रेस सांसदको प्रश्न: छोरीको नगरपालिका कहाँ पर्ने रहेछ ?



काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ‘छोरीको नगरपालिका’कहाँ पर्छ भनि प्रश्न गरेका छन् ।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा एमाले सांसद् सूर्य थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल भरतपुर महानगरपालिकामा पुगेको विषयमा कटाक्ष गर्दै ‘छोरीको नगरपालिका’ भनेका थिए ।

थापाले ‘छोरीको नगरपालिका’ भनेपछि खतिवडाले ७५३ स्थानीय तहबारे आफूलाई जानकारी भए पनि छोरीको नगरपालिका कुन रहेछ भन्दै प्रश्न गरे ।

‘७५३ वटा स्थानीय तहको जानकारी थियो । तर छोरीको नगरपालिका भन्ने जानकारी थिएन । यो कहाँ पर्दोरहेछ ?,’ उनले कटाक्ष गरे, ‘नयाँ नामकरण भएछ । कुन नगरपालिका रहेछ, छोरीको नगरपालिका ?’


क्लिकमान्डु