संसद्‍प्रति सरकार जवाफदेही नभए सडक आन्दोलन गर्ने रास्वपाको चेतावनी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारले संसदको कुरा नसुने र जवाफदेही नभए आन्दोलन गगर्ने चेतावनी दिएको छ ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा रास्वपा सांसद विराजभक्त श्रेष्ठले संसदप्रति सरकार जबाफदेही नभए संसद् अवरोध र आन्दोलन हुने चेतावनी दिए । उनले जनताको पीडा राख्दा सरकारले नसुनेपछि संसद् मात्रै होइन सडक पनि अवरुद्ध पार्ने चेतावनी दिए ।

श्रेष्ठले बालकुमारी घटनाको प्रतिवेदन समितिले सरकारलाई बुझाए पनि त्यसलाई सार्वजनिक नगरेको र दोषी करार गरिएका मन्त्रीमाथि कारबाही नगरिएको भन्दै आपत्ति जनाए ।

‘त्यो प्रतिवेदन कति लामो छ ? पढ्न गाह्रो भए हामीलाई दिनुस् वाचन गरेर सुनाइदिन्छौ । म सरकारलाई चेतावनी पनि दिन चाहन्छु त्यसरी प्रतिपक्षलाई नसुन्दै जाने हो भने संसद् अवरुद्ध हुन्छ । आन्दोलन पनि हुन्छ’ उनले भने ।


क्लिकमान्डु