कुर्सी हल्लिने डर हुन्थ्यो भने नक्कली शरणार्थी प्रकरणमा छानबीन नै सुरु हुने थिएन: प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च पदस्थ राजनीतिक तथा प्रशासनिक नेतृत्वहरू छानबीनको दायरामा आएको यो इतिहासको सबैभन्दा ठूलो प्रकरण भएको बताएका छन् । उनले सुशासनको संकल्प गरेर आफूले अभियान चलालएको स्पष्ट पारे ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी काण्ड यही सरकारले छानबीन गरेको र अदालतमा मुद्दा दायर गरेको जानकारी गराए । ‘कुर्सी हल्लिने डर हुन्थ्यो भने छानबीन नै शुरु हुने थिएन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सम्मानित सदनमा म दोहर्‍याउँछु, सुशासन मेरो नारा होइन, मेरो सङ्कल्प हो ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटी दाखिला गरी तारेखमा छुटेका अभियुक्तहरूलाई थप अनुसन्धानको लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट समेत अनुसन्धान अघि बढाइएको प्रधानमन्त्री प्रचण्डले सदनलाई जानकारी गराए ।


क्लिकमान्डु