बालकुमारी घटनाको प्रतिवेदन हेरेको छैन, अध्ययन गर्छु: प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारी घटनाका दोषीमाथि प्रतिवेदन अध्ययन गरेर आवश्यक कारबाही गर्ने आश्वासन दिएका छन् ।

आइतबार प्रतिनिधि सभामा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले दिएको प्रतिवदन आफूले अध्ययन गर्न बाँकी रहेको भन्दै प्रधानमन्त्रीले प्राप्त हुँदा साथ अध्ययन गरेर सम्बन्धितलाई कारबाही हुने बताए।

प्रमुख प्रतिपक्षी नेकपा एमाले र प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीले सो घटनाका दोषी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गरेपछि प्रधानमन्त्रीले आजै प्रतिवेदन बुझेर अध्ययन गरेपछि आवश्यक कारबाही हुने बताएका हुन्।


क्लिकमान्डु