जापानसँगै बेलायतको अर्थतन्त्र पनि मन्दीमा



काठमाडौं । लगातारको संकुचनका कारण बेलायतको अर्थतन्त्र पनि मन्दीमा गएको छ । रोयटर्सकाअनुसार बेलायतको अर्थतन्त्र सन् २०२३ को पछिल्लो दुई त्रैमासमा मन्दीमा गएको हो ।

बेलायतको कुल ग्राहस्थ्य उत्पादन (जीडीपी) पछिल्लो तीन महिनामा ०.३ प्रतिशतले संकुचनमा परेको छ । यसअघि आवको तेस्रो त्रैमासमा पनि बेलायतको अथतन्त्र ०.१ प्रतिशतले संकुचनमा आएको थियो ।

अर्थशास्त्रीहरुले अनुमान गरेकोभन्दा धेरै मात्रामा बेलायतको अर्थतन्त्र संकुचित देखिएको छ ।

बेलायतका नयाँ प्रधानमन्त्री ऋषि सुनकले आर्थिक अवस्थालाई वृद्धि गराउने भने पनि बेलायतको अवस्था चिन्ताजनक देखिएको छ । बेलायतको अर्थतन्त्रको हालको अवस्थामा ३१ खर्ब ३१ अर्ब अमेरिकी डलरको आकारमा रहेको छ ।

बेलायतको स्टर्लिङ युरो र डलरको तुलनामा निकै कमजोर भएको पनि रोयटर्सले जनाएको छ ।

लागातार दुई पटक जीडीपी संकुचनमा पर्नुलाई अर्थतन्त्रको भाषामा मन्दीमा गएको भनिन्छ । जसअनुसार बेलायतको अर्थतन्त्रमा मन्दी देखिएको छ ।

बेलायतसँगै जापानको अर्थतन्त्र पनि मन्दीमा गएको छ । जापानमा पनि लगातार दुईपटक अर्थतन्त्र संकुचनमा परेका कारण मन्दीको अवस्था सिर्जना भएको हो ।

जापानको अर्थतन्त्र पनि मन्दीमा गएको छ । यससँगै विश्वकै तेस्रो ठूलो अर्थतन्त्रबाट जापान तल झरेको छ । जापान तेस्रोबाट झरेर चौथोमा पुगेसँगै जर्मनी एक स्थान माथि उक्लिएको छ ।


क्लिकमान्डु