माघमा पनि आयात-निर्यात दुबै घट्यो, राजस्व भने बढ्यो



काठमाडौं । बजारमा मागमा आएको कमी तथा चोरी पैठारी बढेको कारण वैधानिक आयात घटेको छ । तर सरकारका कर सुधरका कारण भन्सार राजस्व भने बढेकाे छ।

भन्सार विभागको प्रारम्भिक तथ्यांकअनुसार माघसम्मको आयात ४.५ प्रतिशतले घटेको छ भने निर्यात ८ प्रतिशतले घटेको
छ ।

विभागका अनुसार गत वर्ष साउनदेखि माघसम्म सात महिनामा ९ खर्ब १९ अर्ब रूपैयाँ बराबरको वस्तु आयात भएकोमा चालु आर्थिक वर्षको माघसम्ममा घटेर ८ खर्ब ७७ अर्ब रूपैयाँ बराबरको मात्रै आयात भएको छ ।

गत आर्थिक वर्षको माघसम्ममा ९३ अर्ब ९४ करोड रूपैयाँ बराबरको वस्तु निर्यात भएकोमा चालु आर्थिक वर्षको माघसमममा ८५ अर्ब ९५ करोड रूपैयाँ बराबरको वस्तु मात्र नियाृत भएको छ ।

आयात तथा निर्यात दुबै घटेका कारण समग्र वैदेशिक व्यापारमा ८ अर्ब रूपैयाँभन्दा बढीले कमी आएको छ ।

गत वर्षको सोही समयको आधारमा पुस महिनासम्मा समग्र वैदेशिक व्यापार ३.४७ प्रतशितले मात्रै घटेकोमा माघ महनिासम्ममा भने झन् घटेर ४.८२ प्रतशितले ह्रास आएको हो ।

ब्यापारीहरुका अनुसार परिमाणको हिसाबमा गत वर्षको भन्दा केही कम आयात भएको भएपनि ५ प्रतिशतकै हाराहारीमा आयात घट्नुमा बजारमा मागकाृ कमि तथा वैधानिक ब्यापारमा आएको हस हो ।

तर, विभागका अनुसार भने आयात घटे पनि भन्सार राजस्व बढेको छ ।

गत आर्थिक वर्ष करिब २१ प्रतिशतले आयात घट्दा ३८ प्रतिशतले भन्सार राजस्व पनि घटेको थियो । तर, चालु आर्थिक वर्षको माघसम्ममा मूल्यको आधारमा ४.५ प्रतशितले आयात घटे पनि राजस्व ८ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्ष सात महिनासमममा २ खर्ब १८ अर्ब भन्सार राजस्व उठेकोमा चालु आर्थिक वर्षको माघसम्ममा २ खर्ब ३६ अर्ब भन्सार राजस्व उठेको छ । तर, भन्सार राजश्व बढे पनि माघसम्मको लक्ष्यको आधारमा भने जम्मा ६५ प्रतशितमात्र उठेको
हो ।

ब्यापारीले वैधानिक आयात घटेको बताए पनि विभाग भने आयात घट्दा पनि भन्सार राजस्व बढ्नुमा भने विलासी वस्तुको आयात बढ्नु तथा करको दायरा विस्तार हुनु कारण रहेको बताउँछन् ।

वाषिक २५ कराेडभन्दा बढी रकमकाे काराेबार गर्ने १ हजार २ सय १९ थप करदातालाइ केन्द्रीय विजक प्रणालीमा आवद्ध गरिएका कारण तथा करदाताको दायरा विस्तार भएका कारण राजश्व बढेको अर्थ मन्त्रालयले सोमबार गरेको चालु आर्थिक वर्षको बजेट समीक्षामा उल्लेख छ ।

साथै, समीक्षामा सीमा व्यवस्थापनमा रहने गरेका कमी कमजोरी, वस्तु घोषणा र मूल्याङ्कनमा रहेका समस्या, अन्तरनिकाय समन्वय र सहजीकरणको कमी तथा आन्तरिक बजार अनुगमनमा रहेको कमी कमजोरीका कारण चोरी पैठारी बढ्नाले अपेक्षित राजस्व सङ्कलन हुन नसकेको जनाएको छ ।

तर अर्धवार्षिक समीक्षामा पुस मसान्तसम्ममा भन्सार विभागको अनलाइन अनुगमनबाट कैफियत औल्याइएअनुसार भन्सार कार्यालयहरूबाट ७७ करोड १७ लाख थप राजस्व सङ्कलन भएको पनि उल्लेख छ ।

भन्सार विभागमा प्राप्त सूचनाको आधारमा विभागकै टोली खटाएर ९ पटक र भन्सार कार्यालयबाट टोली खटाएर ५ पटक गरी जम्मा १४ पटक भन्सार जाँचपास भएका मालवस्तुको छड्के जाँच गरी सोको प्रतिवेदनको आधारमा भन्सार कार्यालयहरूबाट पुस मसान्तसम्ममा २ करोड २५ लाख रुपैया थप राजस्व सङ्कलन भएको उल्लेख छ ।

सरकारका यिनै कारबाहीका कारण माघ मसान्तमा राजश्व बढेको विभागको दाबी छ ।


क्लिकमान्डु