प्रचण्ड नेतृत्वको सरकार इतिहासकै नालायक र गतिहीन: गोकुल बाँस्कोटा



काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले वर्तमान सरकार इतिहासकै नालायक र गतिहीन सरकार भएको आरोप लगाएका छन्न ।

बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै बाँस्कोटाले प्रधानमन्त्रीले रामराज्य आइसक्यो भन्ने गरेको भए पनि सरकार इतिहासकै गतिहीन र नालायक रहेको आरोप लगाएका हुन् । उनले सरकारको आँखा र कान नभएको टिप्पणी गरे ।

‘यही हो रामराज्य? यो भन्दा नालायक, योभन्दा गतिहीन, यो भन्दा जवाफदेहीताविहीन सरकार इतिहासमा कहिल्यै थिएन जसको न कान छ न आँखा छ,’ बास्कोटाले भने ।

किसानले आफूले बेचेको दुधको पैसासमेत पाउन नसके र ४ पटक नगरकोटको बाटो बनाइदिन भौतिक पूर्वाधारमन्त्रीसँग अनुरोध गर्दासमेत कुनै सुनुवाइ नभएको उनको आरोप छ ।


क्लिकमान्डु