सहकारी ठगीमा संलग्न जुनसुकै पार्टीको र शक्तिशाली भए पनि कारबाही गर्नुपर्छ: गगन थापा



काठमाडौं । प्रतिनिधि सभा सदस्य समेत रहेका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगीमा संलग्न जो सुकै भए पनि कारबाहीको दायरामा ल्याउनु पर्ने बताएका छन् ।

बुधबार संसद् बैठकमा थापाले सहकारी ठग्ने जुन सुकै दलको भए पनि कारबाही गर्नुपर्ने बताएका हुन् ।

ठगी गर्ने मान्छे जति शक्तिशाली भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने थापाले बताए ।

‘सहकारी ठग्ने जुनसुकै दलको वा दल बाहिरको भए पनि उन्मुक्ति दिनु हुँदैन,’ थापाले भने, ‘शक्तिशाली भए पनि कारबाहीको दायरामा ल्याउनुपर्छ । सहकारी ठगीबाट बच्नेको रिपोर्ट बन्छ तर दराजमा थन्किन्छ । अब यसरी हुँदैन ।’

उनले सरकारका संस्थाहरुले पारदर्शी र विश्वसनीय भएर काम गर्नुपर्ने बताए । सरकारले गरेँ भनेर नहुने बरु त्यसलाई नागरिकले महसुस गर्नु पर्ने उनले बताए ।

थापाले समाचारका शीर्षकमा आउने गरी भन्दा मन्त्रीले नागरिकले बोध गर्नेगरी काम गर्नुपर्ने उल्लेख गरे ।


क्लिकमान्डु