भारतीय अर्बपति मुकेश अम्बानी विश्वकै दोस्रो शक्तिशाली सीईओ



एजेन्सी । भारतीय अर्बपति मुकेश अम्बानी विश्वसकै दोस्रो शक्तिशाली प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेका छन् ।

रिलायन्स इन्डस्ट्रीज लिमिडेटका अध्यक्ष तथा कार्यकारी निर्देशक अम्बानी ब्रान्ड गार्जियनसिप इन्डेक्स २०२४ मा लगातार दोस्रो वर्ष दोस्रो स्थानमा परेका हुन् । उनले माइक्रोसफ्टका सीईओ सत्य नडेला, गुगलका सीईओ सुन्दर पिचाइ, एप्पलका टिम कुक र टेस्लाका एलन मस्कलाई पछि छाड्दै लगातार दोस्रो वर्ष पनि दोस्रो स्थान हात पारेका हुन् ।

सँगै उनी डाइभर्सिफाइड (विविध) समूहको शीर्ष सीईओ पनि बनेका छन् । ब्रान्स फाइनेन्सले निकाल्ने लिस्टमा अम्बानी भारतबाट पहिलो र विश्वभरमा दोस्रो स्थानमा परेका हुन् ।

पहिलो स्थानमा भने चिनियाँ कम्पनी टेन्सेन्टका सीईओ हुआतेंग मा रहेका छन् ।

ब्रान्ज गार्जियनसिप इन्डेक्स भनेको यस्तो सूचक हो जसमा सबै साझेदार, कर्मचारी, लगानीकर्ता र समाजको हित चाहने सीईओहरुलाई समेटिन्छ । ब्रान्ड फाइनेन्सले निकाल्ने यो सूचकलाई सन्तुलित सूचकका रुपमा मानिन्छ ।


क्लिकमान्डु